जर्मनीलाई ब्राजिलले ४-२ गोल अन्तरमा हरायो, रिचार्लीसनको ह्याट्रिक

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ब्राजिलले जर्मनीलाई ४-२ गोल अन्तरमा हराएको छ। टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिलको यू–२३ टिमले जर्मनीको यू–२३ टिममाथि सहज जित निकालेको हो।

बिहीबार भएको खेलमा ब्राजिलले दस खेलाडीमा सीमित जर्मनीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे। यस्तै पाउलिन्होले एक गोल गरे। जर्मनीका नाडीम अमिरी र राग्नर एगले एक एक गोल फर्काए।

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको ब्राजिलको दोस्रो हाफमा एक गोल थप्दै २ गोल खाएको थियो।

जितसँगै समूह ‘डी’ को ब्राजिलले पहिलो खेलमा ३ अंक जोडेको छ। जर्मनीले भने हारबाट ओलम्पिकमा सुरुवात गरेको छ।

यस्तै समूह ए मा जापानले दक्षिण अफ्रिकामाथि १-० गोलको जित हात पार्दै समूह सीमा रहेको अष्ट्रेलियाले अर्जेन्टिनालाई २-० ले हरायो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार