१५ सय कै’दीको भीडमा नख्खु कारा’गारमा दिन का’ट्दै आलम

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – रौतहटको राजपुर ब’मका’ण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारा’गारमा १५ सय कै’दीसँगै राखिएको छ ।

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कार’गार ल्याइएको थियो ।

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कै’दीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् ।

‘यो कारा’गारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कै’दीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार