प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

२०७८ श्रावण ५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका छन्।

भेट्न देउवा साँझ ५ बजे खुमलटार पुगेका हुन्। यसअघि मंगलबार दिउँसो भने प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो। देउवालाई भेट्न दिउँसो प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

साँझ भने देउवा प्रचण्डपत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका हुन्। सीताको अवस्था बुझ्न र ‘पारिवारिक माहोलमा कुराकानी गर्न’ देउवा खुमलटार पुगेका प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए।

‘सीएम (अध्यक्ष प्रचण्ड)संग त प्रधानमन्त्री ज्यूको नियमित भेटवार्ता हुँदै आएको छ। सीता म्याडमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ज्यू आज खुमलटार आउनुभएको छ,’ प्रचण्डको सचिवालयका सदस्यले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार