जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो ! हेर्नुस भिडियो

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने धोकोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल बक्सिङ थियो । आफै बक्सिङ पनि खेल्थे ।

उनमा केही खराब लत पनि थियो । भनिन्छ उनी बेला बेलामा लागूपद्धार्थ सेवन गर्थे । विशेषगरी गाँजा र कहिलेकाहीं चरेश सेवन गर्थे । दरबार हत्याकाण्डमा पनि उनले कालो पद्धार्थ सेवन गरेको भनिएको छ । त्यो कालो पद्धार्थबारे स्पष्ट नभएपनि चरेशको शंका गरिएको छ ।
दरबार ह त्याका ण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो ।

राजदरबार छानविन आयोगकाअनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको हम त्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयोगले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनीलगायतको हत्या गरी आफूले आफ्नै टाउकोमा गोली हानी गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार