sajalsandesh

गौरादहमा बुधबारदेखि भेरोसेल खोप शुरु

झापा – गौरादहमा बुधबारदेखि १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ ।

गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकी, महारानी स्वास्थ्य चौकी, कोहबरा स्वास्थ्य चौकी, जुरोपानी स्वास्थ्य चौकी र बैगुन्धुरा स्वास्थ्य चौकीमा बुधबारदेखि खोपको पहिलो डोज दिइने नगर स्वास्थ्य शाखा गौरादहले जनाएको छ ।

ismt college
dish home