ओलीले भोलि मन्त्रिपरिषद पूनर्गठन गर्ने

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद पूनर्गठन गर्ने भएका छन् । आज बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीलाई नै अधिकार दिएको जनाए ।

सचिवालय बैठकले प्रवास कमिटी पनि गठन गरेको छ। बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार