sajalsandesh

नेपाली भुमी एक इन्च पनि छोड्दैनौ – मन्त्री हिक्मत कार्की

सुन्दरहरैचा – १ नं प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्किले नेपाली भुमी एक इन्च पनि नछोड्ने जिकिर गरेका छन् ।

शनिबार मोरङ प्रहरीद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको गुनासोको जवाफ दिदै उनले भारतले मिचेको भुमी फिर्ता गराएरै छाड्ने उद्घोष गरे ।

प्रदेश १ मा इलामको सन्दकपुरमा निर्माण भईरहेको भ्यु टावरमा भारतिय पक्षले गरेको ज्यादती विरुद्द स्थानिय युवाले सोधेको प्रश्नमा मन्त्री कार्कीले कुटनितिक तहबाट इलामको ब्यु टावरमा भारतिय पक्षले गरेको ज्यादती विषयमा छलफल हुने बताएका थिए ।

इलामको भ्यु टावरको कुरा गर्दै उनले छिट्टै कालापनी, लिपुलेक र लिम्पियाधुराको भारतिय पक्षबाट भएको नेपाली भुमी अतिक्रमणको विषय पनि कुटनितिक तहबाट समाधान हुने बताए । उनले कुटनितिक तहबाट छलफल गर्दा समेत भारतिय पक्षको ज्यादती भए कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तराष्ट्रियकरण गरेर भए पनि समाधान गरिने उनको भनाई थियो ।

ismt college
dish home