खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

२०७८ श्रावण १, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं । संक्रमणकाे निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ ।

जनस्वास्थ्यविद् प्रा डा सुजनबाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाए पनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकाले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ ।

अहिले पनि कोरोना भाइरसको जाखिम कायम नै रहेको बताउनुहुँदै जनस्वास्थ्यविद् महरठ्ठाले अनावश्यक हिँड्डुलमा प्रतिबन्ध लगाउन नसके कोरोना नियन्त्रणमा लिन गाह्रो हुने बताउनुभयो ।

योसँगै पीसीआर परीक्षणको मात्रा पनि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको आवश्यकता भनेको तीन तहका सरकारको समन्वय रहेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार