गायक रवि वड सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाल आईडल सिजन २ का बिजेता एवं गायक रवी वड सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त भएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वडलाई पर्यटन दुतमा नियुक्त गरेको हो। महेन्द्रनगरमा शनिबार आयोजना भएको सप्तरंग २ कार्यक्रममा पर्यटन मन्त्री माया भट्टले वडलाई पर्यटन दुतमा रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिईन्।

मन्त्री भट्टले पर्यटन वर्ष नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले वडलाई सुदुरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको बताईन्। सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘पर्यटन वर्ष नेपाल २०२०’ घोषणा गरी तिव्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले वडलाई पर्यटन दूतको रुपमा नियुक्त गरेको हो।

आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहनसहन तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दुतमा नियुक्त गरिएको मन्त्री भट्टले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार