sajalsandesh

मधेस राजनीति : मुद्दा यथावत्, व्यक्ति मात्रै व्यवस्थापन

लहान । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये आधाभन्दा बढी कोर मधेस अर्थात् प्रदेश २ बाट छन्। २५ सदस्यीय मन्त्रिमण्डलमा १४ जना प्रदेश २ बाट छन्। तिनमा जनता समाजवादी पार्टी (जसपा) का ९ जना छन्। अहिले मुद्दाको होइन, सत्ताको खेल भइरहेको छ जसमा जसपा निर्णायक देखिएकाले बढ्ता लाभ पाइरहेको विश्लेषक बताउँछन्।

मधेस मुद्दाको सम्बोधन राजनीतिक सहमतिबिना सम्भव छैन। सरकारले मधेसका केही प्राविधिक र प्रशासनिक मुद्दामात्र सम्बोधन गर्न सक्छ। तर पछिल्लो घटनाक्रम हेर्दा सरकारबाट सम्बोधित मुद्दा पनि न्यायालय र प्रशासनले रोकिदिएको अवस्था छ। मधेस मामिलाका विश्लेषक तुलानारायण साहका अनुसार अहिले चलिरहेको खेल विशुद्ध सत्ताको हो, जसमा दुईवटा पोल निर्धारण गरिएको छ।

‘एउटा पोलको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी ओली र अर्को पोलको नेतृत्व नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले गरेका छन्। दुवै नेतृत्वको उद्देश्य भनेकै सत्ता हो। एउटाले आफ्नो सत्ता टिकाइराख्न चाहेका छन्, अर्कोले सत्तामा पुग्न’, साहले भने, ‘यो खेलमा जसपा निर्णायक बन्न पुगेको छ ’। याे खबर नागरिक दैनिकमा छ ।

ismt college
dish home