गौरादह नगरपालिकाले तोक्यो कोभिड खोप केन्द्र, ६२ देखि ६४ वर्षसम्मकालाई दिईने

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह नगरपालिकाले आगामी बुधबारबाट ६२ देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्न केन्द्रको नाम तोकेको छ ।

गौरादह स्वास्थ्य चौकीमा २६ र २७ गते खोप लगाईने छ भने महारानीझोडा, कोहवरा, जुरोपानी र बैगुन्धुरामा रहेको स्वास्थ्य चौकीमा २६ गते बिहान १० देखि ३ बजेसम्म खोप लगाईने छ ।

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो।

काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लिएका तर दोस्रो खोप लगाउन छुटेको व्यक्तिहरू, कोभिडसिल्ड खोप नलिएका स्वास्थ्यकर्मी, चिकित्सक, महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई खोप लगाईने नगर स्वास्थ्य शाखा गौरादहले जनाएको छ।

हेर्नुस सूचना :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार