प्रधानमन्त्रीबाट विद्यालय भवन शिलान्यास

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गर्नुभएको हो ।

दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ ।

नगरप्रमुख रोमनाथ ओलीका अनुसार बढीमा एक वर्षभित्रमा दुवै विद्यालयमा भवन निर्माण गरिसक्नुपर्नेछ ।

यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो ।

क्यापसको भवन बनाउन सङ्घीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो ।

उहाँले दमकका अन्य विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै स्थिति सहज भएपनि दमकमा आउने जानकारी दिनुभयो ।

शिलान्यासका क्रममा उहाँले जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा चासो राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार