sajalsandesh

नेपालको रुट प्रयोग गरेर यसरी हुन्छ मानव तस्करी, पुर्याइन्छ युरोप अमेरिका

काठमाडौं – प्रहरीको लागू औ षध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापान उड्न लागेका पोर्चुगिज नागरिक टियागो मेन्डेस पेरेइरालाई गत साउन ३ गते पक्राउ ग‍र्यो । उनको साथबाट ४ केजी दुई सय ग्राम प्रिकर्सर केमिकल्स भनेर चिनिने लागूपदार्थ एम्फेटामाइन बरामद भएको थियो । टियागो पक्राउ परेको २७ दिनपछि भारतको नयाँ दिल्लीमा सूचना प्रविधि पढ्दै गरेका अफ्रिकी देश गाम्बियाका अजसी स्टेन अरनुस साउन ३० गते ठमेलको एक होटलबाट पक्राउ परे ।

उनीहरूमाथि अहिले प्रहरीका तीन फरक–फरक निकायले अनुसन्धान गरिरहेको छ । यो मुद्दाको आव रणमा लागु औ षध देखिए पनि मा नव त स्करी र पैसाको अवैध कारो बार जोडिएको छ । टियागोले बयानका क्रममा आफूले अजसीबाट एम्फेटामाइन से वन गर्ने गरेको बताए पछि प्रहरीले उनीबारे थप खोजी सुरु ग‍र्यो ।

एम्फेटामाइन अन्तर्राष्ट्रिय माफिया समूहले अन्तरदेशीय कारोबार गर्दै आएको लागू औ षध हो । धनाढ्य लागू औ षध से वन कर्ताहरूको रोजाइमा पर्ने यसको मुल्य अन्र्तराष्ट्रिय बजारमा प्रति केजी ५ करोड रुपैयाँभन्दा बढी छ ।

ismt college
dish home