मन्त्रिपरिषद् ‘पुनर्गठन’ अझै रहस्यमय

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं – मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ ।

एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरु भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन ।

नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री अ‍ोलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन् ।

यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार