सिड्नीमा दुई नेपाली पक्राउ

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिड्नी – लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलबाट पक्राउ गरेको छ ।

एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए । तर सिड्नी फर्कने क्रममा अध्यागमन मै पक्राउ परे । यसरी लगातार दुई हप्तामा दुई नेपाली पक्राउ परेपछि नेपालीहरुको लागि वाली ट्रान्जीट खतरा साबित भएको छ । उनीहरु अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ ।

एक बर्षे मल्टीपल भिषा पाएपछि अध्यागमनले एक पटकमा तीन महिनाको बसाइको लागि मात्र अनुमती दिने हुनाले नजिकको अर्को देश गएर फर्कने र अरु तीन महिना भिषा थप्ने काम गरिदै आएको थियो ।

यसरी बिमानस्थलको अध्यागमनमा पक्राउ गरिएपछि भिषा रद्द गरिने र भिषा रद्द गर्ने बित्तीकै कुनैपनि मुलुकका नागरिक बिना प्रवेशाज्ञा बस्न नमिल्ने कानुनी प्रावधानलाई अनुशरण गर्दै कानुनतः प्रहरी नियन्त्रणमा लिइने गरिन्छ । प्रहरी नियन्त्रणमा हुने ब्यक्तीले कम्तीमा १० हजार डलर धरौटी राखेर बाँंकी बक्यौता काम र सर सामान मिलाएर फर्किने शर्तमा रिहा हुन सक्छ तर त्यत्रो पैसा तिरेर बाहिर निक्लनुको कुनै अर्थ भने रहदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार