sajalsandesh

चितवनमा हात्तीको आक्रमणबाट बाबु–छोराको मृत्यु

चितवन – जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माका अनुसार शनिबार बिहान लु३१प २९११ नं.को मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्ट नजिकै हात्तीले आक्रमण गर्दा ज्यान गएको हो ।

प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बलेरोलाई सोही स्थानमा आक्रमणको प्रयास गरेको थियो । यद्यपि, दुवै सवारी आक्रमणबाट जोगिएका थिए ।

ismt college
dish home