भाजपा नेता पूर्वमन्त्री स्वामी भन्छन्– केपी ओली भारतकाे रोजाई

२०७८ बैशाख २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतीय जनता पार्टीका नेता पूर्वमन्त्री सुब्रह्मण्यम् स्वामीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारतको पनि रोजाई भएको बताएका छन्।

केन्द्रीय सरकारका पूर्व वाणिज्यमन्त्री र अन्तर्राष्ट्रिय व्यापार आयोगको अध्यक्षसमेत भइसकेका भाजपा नेता स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेमा चीनले जित्ने उल्लेख गरेका छन्।

प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत पाउन असफल भएका ओलीले पुनः सरकार बनाउने कसरत थालेका छन्। उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको अप्रत्यक्ष साथ रहेको छ।

अर्को–तर्फ कांग्रेस–माओवादी गठबन्धन सरकार बनाउन लागिपरेका बेला भाजपा नेताले स्वामीले ओलीलाई भारत र प्रचण्डलाई चीनको झुकाव रहेको नेताका रुपमा इंगित गरेका हुन्।

नेता स्वामीले ट्वीटमा लेखेका छन्, ‘नेपालबारे मैले बुझेअनुसार ओली भारतको रोजाई थिए। यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्ने छ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार