कोरोना महामारीका बेला गौरादहका सामाजिक संस्थाको भूमिका कस्तो हुनुपर्छ ?

सामाजिक संस्थाहरु विशेष वर्ग र व्यवसायको लागि स्वतस्फूर्त रुपमा स्थापना र संचालन गरिएको हुन्छ । आपसी सद्भाव र समझदारीका आधारमा समयसापेक्ष आफ्ना कार्यक्रमहरु द्रुतगतिमा बढाउने हुदा सरकारी क्षेत्रको तुलनामा बढी गतिशील, सान्दर्भिक, व्यवहारिक, प्रभावकारी तथा कर्तव्यनिष्ठ भई राष्ट्रको सर्वोत विकासमा योगदान पुर्याउने

२०७८ बैशाख २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • सुजन बिष्ट

सामाजिक संस्थाहरु विशेष वर्ग र व्यवसायको लागि स्वतस्फूर्त रुपमा स्थापना र संचालन गरिएको हुन्छ । आपसी सद्भाव र समझदारीका आधारमा समयसापेक्ष आफ्ना कार्यक्रमहरु द्रुतगतिमा बढाउने हुदा सरकारी क्षेत्रको तुलनामा बढी गतिशील, सान्दर्भिक, व्यवहारिक, प्रभावकारी तथा कर्तव्यनिष्ठ भई राष्ट्रको सर्वोत विकासमा योगदान पुर्याउने भएकोले सर्वसाधारणमा यसको महत्व उदारणीय बनेको छ।

राज्यको विभिन्न निकायहरुसंग समन्वय गरि राष्ट्र उत्थान र विकास अभियानमा महत्व भूमिका निर्वाह गर्छ भन्ने मान्यता बोकेको छ।

सामाजिक संस्था व्यक्ति-व्यक्तिको मिलापद्वारा गठन गरिएको हुन्छ। सामाजिक हितलाई केन्द्रबिन्दु बनाएर सामाजिक संस्था गठन भएको हुन्छ। यी निजि लाभ, सम्पत्ति आर्जनलाई थाती राखेर सार्वजनिक भलाई र सामाजिक सेवा उपलब्ध गराउन साथसाथै समाजमा स्वयंसेवालाई प्रोत्साहन गर्न खडा गरिएको हुन्छ।

यतिमात्र होइन बेला बखत सरकार र समाजबीचको पहरेदारको भूमिका निर्वाह गर्ने र आवश्यकता अनुसार जनताको मुद्दाहरु उठाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन तल्लिन रहन्छन। नागरिक स्वतन्त्रतालाई सुनिश्चित गर्न, नागरिक अधिकारको संरक्षण गर्न, सामाजिक विकासमा नागरिकलाई संलग्न गराउन नेपाल सरकारले ‘सामजिक संस्था ऐन – २०७५’ बनाएको हो।

कोरोना संक्रमणको दोश्रो लहर तीब्ररुपमा फैलिरहदा संक्रमितको संख्यापनि देशभर बढिरहेको छ। गौरादह नगरपालिकाकै कुरा गर्ने हो भनेपनि यहाँ संक्रमण दर दैनिक बढिरहेको देखिन्छ। कोरोना संक्रमणको दोश्रो लहरको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा जारी छ। मानिसहरु यतिबेला घरभित्रै थन्किन विवश छन्।

यसले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई गम्भीर असर गरेको देखिन्छ। अमेरिकी मनोवैज्ञानिक युरी ब्रोफेनबेनरको ‘इकोलोजिकल सिस्टम थ्यूरी’ (परिस्थितिक प्रणाली सिद्धान्त)को चश्माबाट हेर्दा यसले शारीरिक मात्र नभई मानसिक, आर्थिक र सामाजिक समस्याहरु पनि उत्पन्न गराएको छ। डर, चिन्ता, रोग चिन्ता, डिप्रेसन, उदासीनता जस्ता मानसिक समस्या। कालोबजारी, बेरोजगारी जस्ता आर्थिक समस्या र सामाजिक निष्ठा, एकता, आचरण इत्यादिको कमि जस्ता सामाजिक समस्या यस महामारीले निम्ताएको छ।

यी समस्या अझ फैलिरहेका छ र जटिल बनिरहेको छ। यसको समाधान तत्काल गर्नुपर्ने देखिन्छ। यदि नगरेको खण्डमा यसको क्षति ठुलो हुनसक्छ।

यस विषम परिस्थितिलाई पार लगाउन गौरादह नगरपालिका भित्र रहेका सामाजिक संस्थाहरुको अग्रसरताको जरुरी देखिन्छ। यहाँका आधा दर्जन भन्दा बढी सामाजिक संघसंस्थाहरु यस अवस्थामा निष्क्रिय छन। बजारमा कालोबजारी व्याप्त छ। उपभोक्ता औसत भन्दा बढी पैसा तिरेर सामान खरिद गरिरहेका छन। यस क्षेत्रअधिकार भित्र रहेर काम गर्ने सामाजिक संस्था नदेखे झैँ गरिरहेका छन।

बालबालिका र युवाहरुमा उदासीनता, रोग चिन्ता बढिरहेको छ। जसले मानव बिकासमा दिगो असर पुर्याउछ। राहतका लागि गत वर्ष खरिद गरिएका खाद्यान्न सडेको अवस्थामा छन, सामाजिक संस्थाहरु पहरेदार भएर सम्बधित निकायलाई झकझाकाउनु पर्ने तर सामाजिक संस्था मुकदर्शक भएर टुलुटुलु हेरिरहेका छन।

यहि आचरण र व्यवहारले गर्दा यहाँका सामाजिक संघसंस्थाहरु जनमानसमा ‘निश्कृयता’ विशेषणले चिनिन अब धेरै टाढा छैन।

यस महामारीको चुनौतीलाई अवसरका रुपमा सामाजिक संस्थाले लिदा, सामाजिक संस्था कालो बादलमा चादीको घेरा बन्न सक्छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार