sajalsandesh

मोरङमा भाईहरुको कुटाईबाट दिदिको मृत्यु

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारी बस्ने बर्ष ५१ को बिजय किस्कु र निजको भाई बर्ष ३२ को बिरेन्द्र किस्कुले सोही स्थानमा बस्ने बर्ष ५५ की सिता सोरेनलाई कुट पिट गर्दा उनको मृत्यु भएको छ ।

शुक्रबार साझँ ५ बजेको समयमा निजहरुले जग्गाको बिषयमा बादविवाद गरी झ गडा गर्दा निज सिता सोरेनलाई कुट पिट गरी घाईते बनाएका थिए ।

घाईते उनलाई उपचारको लागि बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो ।
घटना बारेमा जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी रमाईलोबाट प्रहरीको टोली खटि गई कुट पिट गर्ने दुबैजनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ismt college
dish home