आफूहरुलाई मा,र्ने सूचना पाएपछि रातारात हिँडे रौतहटका न्यायाधीश र वकिल

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रौतहट – रौतहट राजपुर फरहदवा सा मूहिक ह त्या का ण्डका अभियुक्त मोहमद अफताव आलमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्ने आदेश दिएलगत्तै जिल्ला न्यायाधीश दीपक ढकाल र सरकारी वकिल फणिन्द्रराज कटवालले जिल्ला छाडेका छन् । जिल्लामा इजलाश चलिरहेका बेला आलमलाई पुर्पक्षमा नपठाएर साधरण तारेखमा छाड्न भन्दै प्रत्यक्ष-अप्रत्यक्ष द बाब र ध म्कीहरु आए पनि उनलाई इजलाशले पुर्पक्षका लागि थुनामा पठायो ।

त्यसपछि झन् न्यायाधीश र सरकारी वकिलमाथि प्रत्यक्ष आ क्रमणको ख तरा आइपर्न थाल्यो । चलिरहेको इजलाश प्रभावित हुने गरी जाहेरवाला र साक्षीहरु धमाधम अ प ह रणमा पर्ने, समयमा उपस्थित नहुने, हतास र निराश भावमा प्रकट हुने, बर्बराएको शैलीमा बयान फेर्ने र अदालत बाहिर अबाञ्छित गतिविधिहरु भइरहने गरिरहे । एसएमएस, फोन, मिसकल तथा फेसबुक स्टाटसको निकै ओइरो लाग्यो । साक्षीहरुलाई ब न्धक बनाउने, ध म्की दिने, प्रलोभनमा पार्ने र बयान फेर्न लगाउने काम भइरहयो ।

आलम स्वयम्ले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न हर्कत र माध्यमहरु प्रयोग गरेर त्रा समा पार्न खोजिरहे । न्यायाधीश र वकिलका परिवारहरु पनि आलमको क्रियाकलापबाट अछुतो रहेनन् । तर पनि कानुनी राजको आभाष हुने गरी इजलाशले फैसला गरी अभियुक्त आलमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा जेल पठायो । यो नै पीडितका लागि प्रारम्भिक न्याय र राहत हो ।

तथापि आलमले भाडाका अ प राधी खटाएको सूचनापछि न्यायाधीश र वकिलले जिल्ला छाडेका छन् । उनीहरुले माग गरेअनुसार स्थानान्तरणका लागि न्यायालयले गृहकार्य गरिरहेको बुझिएको छ । यस्तो अवस्थामा आलमलाई जिल्लामा राख्नसमेत जोखिम हुने भएकाले नख्खु कारागार चलान गरिएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई न ख्खु पठाइएको बुझिएको छ ।

न ख्खुबाट पनि आ पराधिक गतिविविध संचालन हुनसक्ने र विगतमा पनि भएगरेका त्यस्ता नजिरहरुलाई मध्यनजर गरी आलमलाई सुरक्षाको दृष्टिले अन्य उयुक्त कारा गारहरुमा पठाइने सोच भैरहेको पनि बताइएको छ । अहिले पनि आलमलाई पुर्पक्षमा पठाउने को हुन् भन्दै ध म्की र आ तंक मच्चाउने गिरोहहरु सलबलाइरहेको प्रहरीको जानकारीमा रहेको स्रोतले बताएको छ ।

विगतमा प्रशासन र सशस्त्र बलसमेत हातमा लिएर उल्टै आफ्नो अपराधको साक्षी बनाउन सफल आलमको हर्कत अहिले पनि घटेको देखिदैन । यही कुरालाई मध्यनजर गरेर आदेश दिएलगत्तै शुक्रबार साँझ नै जिल्ला न्यायाधीश तथा सरकारी वकिलले जिल्ला छाडेका छन् ।

इजलाश चल्दै गर्दा ध म्की र आ क्र मणका कुराहरु आउन थालेपछि न्यायाधीश दीपक ढकाल र सरकारी वकिल फणिन्द्रराज कटवालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका थिए । उक्त आग्रहअनुसार उनीहरुको सुरक्षालाई मध्यनजर गरी स्थानान्तरणबारे छलफल अघि बढिसकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार