कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

२०७८ बैशाख २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको सेस्तेदार मुना अधिकारीले जानकारी दिइन् ।

कुन्जोकको मुद्दामा गत ८ वैशाख न्यायाधीश नेपालको इजलासले फैसला गरे पनि सजाय निर्धारण भने बुधबारको इजलासले गरेको हो ।

२०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले सुरुवातमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे÷नरहेको ठहर गर्नुपर्छ । सोहीअनुसार पहिला फैसला गरेर पछि सजाय निर्धारण गरिएको हो ।

नेपालमा मात्रै नभएर भारतमा समेत वन्यजन्तु तस्करीमा नाम जोडिएका कुन्जोकलाई इन्टरपोलको सहायतामा नेपाल प्रहरीले ११ असार २०७६ मा पक्राउ गरी रसुवा जिल्ला अदालतमा बुझाएको थियो । १५ वर्षअघि ठूलो परिणाममा पाटेबाघ र चितुवा छालासहित रसुवा स्याप्रुबाट पाँच जना पक्राउ परे पनि उनी फरार थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार