कोभिडका कारण कुनै पनि नगरवासीले ज्यान गुमाउनु नपरोस भनेर सम्पूर्ण पूर्वाधार तयार गरिरहेको छौं : नगरप्रमुख ढकाल

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरको दुर्गादेवी दूलाल सुन्दरहरैंचा स्पोर्टस ग्राम सलकपुरमा ६५ शैंया र सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा ३५ शैंयाको होल्डिङ सेन्टरको ब्यवस्था गरिएको ब

२०७८ बैशाख २२, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
  • हरि काेइराला

सुन्दरहरैंचा(मोरङ),२२ बैशाख। काेभिड १९ काे नयाँ भेरियन्टबाट नगरबासीमा कुनै क्षति हुन नदिन मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरमा एक सय शैंयाको होल्डिङ सेन्टर तयार गरेको छ ।

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरको दुर्गादेवी दूलाल सुन्दरहरैंचा स्पोर्टस ग्राम सलकपुरमा ६५ शैंया र सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा ३५ शैंयाको होल्डिङ सेन्टरको ब्यवस्था गरिएको बताउनु भयो ।

ढकालले पत्रकार सम्मेलनमा कोभिडका कारण कुनै पनि नगरवासीले ज्यान गुमाउनु नपरोस भनेर सम्पूर्ण पूर्वाधार तयार गरिरहेको बताउनु भयो ।

उहाँले १०० शैंयाले अपुग भए सिग्देल बन्धु प्रतिष्ठान, मङ्गल स्मृति सामूदायिक जेसीज भवन र हरैंचा सामूदायिक भवनलाई होल्डिङ सेन्टरका रुपमा तयार राखिएको बताउनु भयो । नगर प्रमुख ढकालले भन्नुभयो – एकद्वार प्रणालीबाट सुन्दरहरैंचा –८ को कवर्ड हलमा शंकास्पद विरामीकाे स्वाब परीक्षण गर्ने ब्यवस्था मिलाइएको छ । उहाँले नगरवासीको निशुल्क स्वाब परीक्षण गर्ने ब्यवस्था मिलाइएको बताउँदै एउटा एम्बुलेन्स २४ घण्टा बिरामीको सुबिधाको लागि निशुल्क ब्यवस्था गरिएको बताउनु भयो ।

होल्डिङ सेन्टरमा १ सय थान अक्सिजन सिलिण्डरको व्यवस्था गरिने बताउँदै उहाँले भन्नुभयो – सकेसम्म हामी कुनै नगरवासीलाई मर्न दिँदेनौं । भबितब्य मृत्यु भइहाले मृत शरिरलाई ब्यवस्थापनका लागि शव बाहनको समेत ब्यवस्था गरिएको छ । सुरक्षाका लागि प्रहरीलाई आवश्यक पर्ने सबै सुविधा नगरले ब्यवस्थापन गर्ने उहाँको भनाई छ ।

कोभिड ब्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मीलाई विशेष सुविधा र बीमाको ब्यवस्था नगरले नै गर्ने ढकालले बताउनु भयो । थप उपचारका लागि पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेनमा पठाइने नगर प्रमुख ढकालले बताउनु भयो । विश्व विद्यालयसँग समन्वय भइरहेको छ ।

नगरपालिका दूध, मासु, माछा र तरकारीमा पूर्ण रुपमा आत्मनिर्भर रहेकोले परिस्थिति सहज नभएसम्म बाहिरबाट कुनै प्रकार माछा मासुु र तरकारी , दूध आयात हुन नदिने ढकालले बताउनु भयो । यस्तै आजैबाट नगरका सबै मूख्य बजारको अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार