सचिनको टोली ९ विकेटले विजयी

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा जितको लागि ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमा १ विकेटको नोक्सानीमा पुरा गर्यो । सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । विनोद दासले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर विनोद दासको टोली रेडले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनायो । बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दुत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार