sajalsandesh

ट्रकको ठक्करबाट भाँचियो बरगाछीको स्तम्भ

विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ ।

मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो ।

राति करिब ९:३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रकले ठोक्किएर स्तम्भ भाँचिएको हो ।

सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ बनाएको थियो ।

Facebook Comments
ismt college
dish home