दोहोरिएर प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुने सूर्य थापा पहिलो व्यक्ति

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पत्रकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा दोहोरिएर प्रधानमन्त्रीको प्रेस सल्लाहाकार हुने पहिलो व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा थापा नियुक्त भएपछि उनी दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहाकार हुने पहिलो व्यक्ति भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा. कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको थियो ।

वि.सं. २०६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकारको जिम्मेवारी थापाले पाएका थिए । खनालको सल्लाहकारका रुपमा उनले सात महिना काम गरेका थिए ।

त्यसअघि थापा तत्कालीन उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको प्रेस सल्लाहकार भएका थिए । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका चार वटा पुस्तक विश्वमा राजतन्त्रः उत्थान, पतन र भविश्य, नेपालमा राजतन्त्र र दलहरुबीचको सङ्घर्ष, राजतन्त्रको अर्थराजनीति र नेपालमा गणतन्त्र र राज्यको पुनरसंरचना प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार