गौरादहमा सङ्क्रमित सङ्ख्या दैनिक उकालो लाग्दो, एकैपटक ३५ जनामा संक्रमण पुष्टी

२०७८ बैशाख २१, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादहमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

गौरादहमा आज एकैपटक १६ महिला र १९ पुरुष गरि ३५ जनामा कोभिड–१९ संक्रमण पुष्टी भएको छ। सोमबार (वैशाख २० गते) १० जना सङ्क्रमित देखिएका थिए ।

आज गौरादह नगरपालिका-१ का ५ महिला र ३ पुरुष, २ नं. वडाका २ महिला र २ पुरुष, ३ नं. वडाका २ महिला र ४ पुरुष, ४ नं. वडाका २ महिला ४ पुरुष, ५ नं. वडाका ४ महिला र १ पुरुष, ६ नं. वडाका १ पुरुषमा, ७ नं. वडाका ३ पुरुषमा, ८ नं. वडाका १ पुरुषमा र ९ नं. वडाका १ महिलामा गरि ३५ जनामा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।

२०७७ फागुन देखि आज सम्मको कुल नयाँ संक्रमितको संख्या २५ महिला र ३२ पुरुष गरि ५७ जना रहेको छ । संक्रमित सबै स्थानियबासी हुन् । आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष कोरोना संक्रमणबाट मुक्त भएका छन ।

२५ महिला र ३० पुरुष गरि ५५ जना सक्रिय संक्रमित हस्पिटल र होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु नभएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार