आईपीएल : चेन्नईमाथि मुम्बईको रोमाञ्चक जित, पोलार्ड चम्किए

२०७८ बैशाख १९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टीमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा मुम्बईले चेन्नई सुपर किंग्समाथि ४ विकेटको जित निकालेको हो । चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मुम्बईका लागि काइरन पोलार्डले ८७ रनको अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले ६ चौका र ८ छक्का प्रहार गरे । मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । पोलार्डले अन्तिम बलमा रन बटुल्दै जित पक्का गराएका थिए ।

पहिलो बल पोलार्डलाई लुन्गी एनगिडीले डट राखे । पोलार्डले दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका थिए । चौथो बल डट राखे । पाँचौं बलमा पोलार्डले छक्का प्रहार गरेका थिए । अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए ।

त्यस्तै, क्विन्टन डीककले ३८ रन बनाउँदा कप्तान रोहित शर्माले ३५ र कर्नाल पाड्याले ३२ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि श्याम करणले ३ विकेट लिए । त्यस्तै, शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले समान एकरएक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । चेन्नईका लागि अम्बाती रायडु, मोइन अली र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले ।

२७ बल खेलका रायडुले ४ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन जोडेका थिए । । त्यस्तै, ३६ बल खेलेका मोइन अलीले ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन जोडेका थिए । ५० रन बनाएका डू प्लेसिसले २ चौका र ४ छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ मुम्बईका लागि काइरन पोलार्डले २ विकेट लिए । त्यस्तै, जस्प्रित भुम्राह र टेन्ट बोल्टले समान एकरएक विकेट लिए ।

जितसँगै मुम्बईले ७ खेलबाट ८ अंक जोडेको छ । पराजित चेन्नई तालिकाको शीर्ष स्थानमा छ । चेन्नईको ७ खेलबाट १० अंक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार