कर्मचारीमा संक्रमण देखिएपछि सूचना विभाग अनिश्चितकालका लागि बन्द

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सूचना विभाग अनिश्चितकालका लागि बन्द भएको छ ।

विभागका कर्मचारीलाई कोरोना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो । विभागका सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले जनाएको छ ।

सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत, लाइसेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजुरी लिने काम समेत बन्द भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार