प्रधानमन्त्री ओली फलोअपका लागि ग्रान्डी अस्पताल जाँदै

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य फलोअपका लागि आज शनिबार पुनः ग्रान्डी अस्पताल जाँदै हुनुहुन्छ ।

कात्तिक १२ र १३ मा गरिएको डायलसिसका क्रममा मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओली आज अस्पताल जान लाग्नु भएको हो । शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा उहाँले यसबारे जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री फलोअपका लागि ग्रान्डी जाने पुष्टि उहाको सचिवालय गरेपनि थप जानकारी दिएको छैन । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा फेरेको मिर्गौलाको फ्लोअप यसअघि भारत, थाइल्यान्ड र सिंगापुरमा हुँदै आएको थियो । भदौको दोस्रो साता मात्रै सिंगापुरमा उहाँको मृगौलाका प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार