sajalsandesh

गौरादहका साप्ताहिक हाट बजार बैशाख मसान्तसम्म बन्द

झापा – गौरादह नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएका हाट बजार बन्द गर्ने भएको छ। त्यस्तै, भौतिक उपस्थितिमा संचालन हुने विद्यालय र परीक्षा समेत स्थगित गरेको छ।

कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैशाख १३ मा बसेको बैठक र बैशाख १४ गते नगर कार्यपालिकामा बसेको सर्वपक्षीय बैठकले बैशाख मसान्तसम्म हाट बजार तथा स्कुल/कलेज बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकाले सो निर्णय लिएको जनाइएको छ।

नगरका गौरादह र बैराती बजार आइतबार,बिहिबार, स्कुलचौन मंगलबार र शुक्रबार, दामुना र बैगुन्धुरा बजार बिहिबार,सोमबार, ग्वालडुब्बा मंगलबार र शुक्रबारका दिन बजार लाग्दै आएको थियो।

साप्ताहिक बजार बन्द भएपनि स्थायी पसल भने खुल्ला हुने छन्।

Facebook Comments
ismt college
dish home