sajalsandesh

गौरादहमा निशुल्क मास्क वितरण

झापा – ईलाका प्रहरी कार्यालय गौरादह र ग्वालडुब्बा युवा समुहले गौरादहमा निशुल्क मास्क वितरण गरेको छ।

कोरोना भाइरसबाट जोगिने उपाय सिकाउँदै मङ्गलबार गौरादह बजारबाट मास्क वितरण गरिएको हो। करिब १ हजार जनालाई मास्क वितरण गरिएको समुहका अध्यक्ष भोला चक्रवतीले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख रमेशकुमार मेहेताले कोरोना भाइरसविरुद्धको सचेतनाका लागि कार्यक्रम गरिएको बताए। पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने भएकाले मास्क वितरण तथा कोरोना सम्बन्धि सचेतना कार्यक्रम गरिएको उनले बताए।

यो कार्यक्रम आगामी दिनमा पनि गरिने समुहका अध्यक्ष चक्रवतीले जानकारी दिए।

‘अहिले सुरु गरेका हौँ। आगामी दिनमा पनि गर्न सकिन्छ,’ उनले भने, ‘मास्क वितरण गरेपनि मुख्य अभियान भनेको कोरोनाबाट जोगिने उपायको बारेमा जानकारी गराउनु नै हो।’

हेर्नुस तस्बिरहरु:

 

सबै तस्बिरहरु: ग्वालडुब्बा युवा समुह
Facebook Comments
ismt college
dish home