त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज: नेदरल्याण्ड्सविरुद्ध कीर्तिमानी जीतसँगै नेपाललाई उपाधि

२०७८ बैशाख ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। अहिलेसम्मकै ठूलो अन्तरको जीतसँगै नेपालले पहिलोपटक घरेलु मैदानमा टी–२० सिरिजको उपाधि जितेको हो।

त्रिकोणात्मक सिरिज अन्तरगत शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई नेरदल्याण्ड्समाथि १ सय ४३ रनको शानदार जीतसँगै नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको हो। नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले सबै विकेट गुमाएर ९६ रन मात्रै बनायो।

नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ मद्दतले नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको हो।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उच्च स्कोर हो। नेपालले यही सिरिजमा दुई पटक २ सय रन कटाएको थियो। र, १३औं सागमा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाएका छन्। ५५ बलको सामना गरेका भुर्तेलले ८ चौका र ३ छक्का प्रहार गरेका छन्। कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी ४८ रनमा नटआउट रहे।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका छन्। २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो। १८ बलमा ४८ रन बनाएका दीपेन्द्र अर्धशतक बनाउन दुई रनले चुके।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडेका छन्। अहिले नेदरल्याण्ड्स ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार