कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई

प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् ।

२०७७ चैत्र ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर – प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् ।

आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालकालागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् ।आवस्यकता अनुसार जिल्ला स्तरमापनि कोभिड अस्मन्त्री राईले सीमानाकामा आवस्यक सर्तकता अपनाउनकालागि निर्देशन दिईएको समेत बताइन् । कोभिड अस्पतालमा उपचारको प्रवन्धगर्न उनले निर्देशन दिइन् । मन्त्री राईले भन्नुभयो,‘कतैबाट गुनासो आउनु भएन ।’

सामाजिकविकास मन्त्रालयका सचिवगोविन्दकार्कीले संक्रमणको दर बढेको बताइन् । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उनले बताइन् । सचिवकार्कीले भने,‘ देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनराबृत्तिभएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवस्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनकालागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार