६ वर्षमा पनि बनेन, उर्लाबारी बसपार्क

मोरङको उर्लाबारी–६ मा ६ वर्ष अघि निर्माण सुरु भएको उर्लाबारी वसपार्क अझै निर्माण भइसकेको छैन् । उर्लाबारी गाविस हुँ

२०७७ चैत्र ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • हरिप्रसाद कोइराला

उर्लाबारी , ३० चैत । मोरङको उर्लाबारी–६ मा ६ वर्ष अघि निर्माण सुरु भएको उर्लाबारी वसपार्क अझै निर्माण भइसकेको छैन् । उर्लाबारी गाविस हुँदै निर्माण हुन थालेको बसपार्क बजेट अभाबका कारण अलपत्र परेको हो ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७१/०७२ मा बसपार्क निर्माणका लागि ४० लाख रुपियाँ विनियोजन गरेको थियो । त्यो खर्च जग्गा ब्यवस्थापन र माटो पुरपारमा सकिएको जग्गा खोजविन समितिका संयोजक अम्बिका बोहोराले बताउनु भयो । त्यसपछिका दुईवटा आर्थिक वर्षमा बजेट छुट्टिएन् ।

आर्थिक वर्ष २०७४/०७५ मा सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्र्तगत सहरी विकास तथा भवन डिभिजन विभागले २ करोड ६५ लाख रुपियाँ छुट्यायो । सो रकमले बसपार्कको पूर्व र उत्तर कम्पाउण्ड लगाउने , पूर्व पश्चिम राजमार्गसँग बसपार्कलाई जोड्ने चार सय मिटर सडक कालोपत्रे गर्ने र शौचालय निर्माणको काम सम्पन्न भयो । ०७६÷०७७ मा ५० लाख रुपियाँ मात्र आयो । उक्त रकमबाट बसपार्क परिसरमा यात्रु प्रतिक्षालय निर्माण गरियो । गत वर्ष निर्माण भएको यात्रु प्रतिक्षालय यतिबेला सबै भत्किसकेको छ ।

स्थानीय बासिन्दाले १ विगाहा १३ कट्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि २०७२ मा उर्लाबारी बसपार्क निर्माणको प्रक्रिया सुरु भएको थियो ।

तर, ६ वर्ष बितिसक्दा पनि बसपार्क निर्माण अलपत्र अवस्थामा रहेको छ। बहुवर्षीय योजना अन्र्तगत निर्माण सुरु भएको बसपार्कका लागि बजेट जुटाउन वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सक्रियता बढाउनु भएको छ । उहाँले भन्नुभयो – सङ्घीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपाल सिंह जिमीको सहयोगमा सम्बन्धित निकायमा पुग्यौं । तर, बजेट छैन् भन्ने जवाफ आएपछि बसपार्क निर्माण सम्पन्न गर्ने चुनौति थपिएको छ ।यता उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले बसपार्क निर्माण गर्न अझै १० करोड रुपियाँ लाग्ने अनुमान गरिएको भएपनि मन्त्रालयले ४०÷५० लाख रुपियाँ मात्र पठाउने गरेकोले निर्माण सम्पन्न गर्न अझै २० वर्ष लाग्न सक्ने बताउनु भयो ।

बसपार्कको रन वे ,सपोर्टवाल,ड्रेन निर्माण, प्रमुख राजमार्गबाट बसपार्क पुग्ने सडक कालोपत्रे लगायतका काम गर्न बाँकी नै छ । मन्त्रालयले बसपार्क होइन, रिक्सा स्टेण्ड निर्माण गर्ने गरी बजेट पठाएको छ । उहाँले सङ्घीय सरकारले चासो नदेखाए अब नगरले विकल्प खोजेर अघि बढ्ने जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार