‘झुक्काएर युवा संघमा प्रवेश गराए’

साथीले सिपमुलक तालिम सम्बन्धि कार्यक्रम छ भनि लगेको पराजुलीले बताए।

२०७७ चैत्र २६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – आफुलाई झुक्काएर युवा संघमा प्रवेश गराएको गौरादह -२ का सुशील पराजुलीले बताएका छन। उनि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध छन।

सुशील पराजुली: बायाँबाट दोश्रोमा

साथीले सिपमुलक तालिम सम्बन्धि कार्यक्रम छ भनि लगेको पराजुलीले बताए। ‘सभाहल प्रवेश गर्न साथ् मलाई स्टेजमा आमन्त्रण गरियो’ उनले भने, ‘टिका लगाइ दिएर युवा संघ प्रवेश गर्नुभएको छ भन्दा पो मैले चाल पाए। नेविसंघमा सक्रिय भएको चार वर्ष पुग्यो। मूल पार्टीको सिद्धान्तलाई कैले पनि लत्याउन सक्दिन।’

बुधबार जुरोपानी स्थित सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरि युवा संघ गौरादह नगर कमिटि गठन गरिएको थियो। सो कार्यक्रम नगर इन्चार्ज बलराम खरेलको अध्यक्षता र संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

त्यस्तै गएको मंसिरमा गौरिगंज गाउँपालिकाका २२ जनाले आफुहरूलाई झुक्याई नेकपामा प्रवेश गराएको भन्दै आपत्ति जनाएका थिए। गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिराका फाेरम लाेकतान्त्रिक पार्टीबाट समायाेजन भई नेपाली कांग्रेसका २२ जना सक्रिय सदस्यहरूले आपत्ति जनाएका थिए। पछी उनीहरु नेपाली कांग्रेसमै फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार