sajalsandesh

कमल-१ का किसानलाई विद्युत महसुलमा २५% अनुदान

झापाको कमल गाउँपालिका -१ ले सिचाई मिटरको बिलमा उठेको रकम फिर्ता गरिदिने भएको छ।

श्रावण महिनादेखि फाल्गुनसम्मको सम्पूर्ण महसुलको २५ प्रतिशत रकम वडाले अनुदान दिने वडाअध्यक्ष केदार कटुवालले बताए।

‘त्यसका लागि किसान दाजुभाइ-दिदीबहिनीहरुले बिलको चुक्ता गरेको प्रमाणित कागजात वडा कार्यालयमा दश दिन भित्र पेश गर्नुपर्ने छ।’ उनले भने।

केहि हदसम्म भएपनि किसानको आर्थिक सहजताको लागि विद्युत महसुलको केहि रकम वडाले तिर्ने योजना ल्याएको उनले बताए।

कटुवाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

Facebook Comments
ismt college
dish home