बलिउडकी अभिनेत्री कटरीना कैफमा पनि देखियो कोरोना पोजिटिभ

२०७७ चैत्र २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी । बलिउडकी अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले आफू कोरोना संक्रमण भएको सामाजिक सञ्‍जालमार्फत् जानकारी दिएकी छन् ।पछिल्लो समय बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ ।

आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत बलिउडका चर्चित कलाकारहरु कोरोना पोजिटिभ देखिएको छ।

कैफले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। म तुरुन्तै होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’

भारतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । त्यहाँ हाल दोश्रो चरणको कोरोनाको लहर सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार