निर्वाचन आयोगले वैधानिकता दिँदैमा आत्तिने कारण छैन: नेपाल

२०७७ चैत्र २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि आत्तिने कारण नभएको बताएका छन् ।

मंगलबार आफ्नो समूह निकट बागमती प्रदेश कमिटीको बैठकमा नेता नेपालले केपी ओलीको निर्णयलाई आयोगले वैधानिकता दिएमा नआत्तिन भनेका हुन् ।

समस्या आएमा समाधान पनि निकाल्ने विश्वास व्यक्त गर्दै नेपालले तपाईं हामी सवार भएको डुङगालाई सफलतापूर्वक वारीबाट पारी पु¥याइछाड्छौं । लक्ष्यसम्म पुगिछाडने छौं । आत्तिनुपर्ने केही कारण छैन ।”

सर्वोच्चको फैसलाले एमाले माओवादी केन्द्रलाई ब्युँत्याइदिए ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरूको मात्र बैठक गरी विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय पार्टीबाट गराएका थिए । त्यसलाई वैधानिकता नदिन माग दाबीसहित नेपाल समूह आयोग गएको छ ।

लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरूसँग आफूले कुरा गरिरहेको र प्रतिक्रिया सकारात्मक आएको उनले जनाए ।

संयुक्त जनमोर्चा , मोहन वैद्य लगायतका समूहहरूसँग नेपालले कुरा गरेको बताए ।

अहिले आम जनमानसमा विभिन्न शंका उपशंका उत्पन्न भएउको बताउँदै उनले भने “संविधान नै समाप्त पारिदिने हो कि ? संघीयता नै निलिदिने हो कि ? गणतन्त्र नै खाइदिने हो कि ? ४७ सालको संविधान ब्युँत्याउने हो कि ? देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो कि ? धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पु¥याइदिने हो कि जस्ता आशंकाका उत्पन्न भएको छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार