कम्युनिष्ट सरकारले धर्मपनि संस्कृति पनि बेच्यो मुलुक पनि सम्झौता गरेर बेच्छ – कार्की

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

मोरङ क्षेत्र नम्वर ६ ख बाट गत प्रदेश सभा निर्वाचनमा निर्वाचित भएका केदार कार्की प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एक नम्बरका प्रमुख सचेतक समेत हुन् । प्रखर वक्ताको रुपमा परिचय बनाएका केदार कार्की युवाहरु माझ लोकप्रिय मानिन्छन् । कार्की संग विवेक मिश्रले गरेको कुराकानीको केहि अंश ।

–तपाँई प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको पनि करीव २ वर्ष बितीसकेको छ यस विचमा के कस्ता समस्याहरुको समाधान गर्न सफल हुनुभयो ?

यो समय भित्रमा सबभन्दा ठुलो जोड मैले शिक्षामा दिएको छु । त्यस संगसंगै सामाजीक विकासलाई पनि उत्तिकै महत्व दिएको छु । भन्दाखेर सबभन्दा विबसित मेरै क्षेत्र पर्छ किनभने बिराटनगर महानगर भित्र पर्छ तर मलाई के लाग्छ भने यो प्रदेश भित्रको सबभन्दा अबिकसीत मेरै क्षेत्र हो जस्तो लाग्छ । जहाँचै अत्याधिक सुकुम्बासीहरु हुनुहुन्छ, ग्राभेल सम्म नभएका बाटोहरु अझै छन् एकदमै दयनिय अवस्थाका बिद्यालयहरु छन् र अत्यन्तै धनी मानीसहरु पनि छन् सबैभन्दा धेरै उद्योगि व्यवसायीहरु भएको क्षेत्र पनि मेरै क्षेत्रमा पर्दछ । यहाँका बिद्यालयहरु बिद्यालय नभएर जेल जस्तै बनेका छन् । बिद्यालय भित्र खेल्ले ठाँउ छैन, छडि लिएर पढाउने संस्कार अझै यहिँ भित्र छ यस्तो समस्या हटाउनको लागी यस क्षेत्रका सबै बिद्यालयमा खेलकुद सामाग्रीहरु पुर्याएका छौँ साथै अगे्रंजी माध्यमबाट पठनपाठन सुरु गर्न सबै सहमत भएका छौ ।
–महानगरपालीका क्षेत्र भित्रै रहेर पनि आफ्नो क्षेत्र अबिकसित छ भन्नुहुन्छ, महानगरपालीकाले चै कस्तो भुमिका खेलीरहेको छ ?

महानगरपालीका हो तर पनि यसमा सुरुदेखी नै अव्यवस्थीत बसोवास, बाटो छ ग्रावेल छैन । बिराटनगरमा गाभिएका छेउछाउका गाँउहरुको पुराना बस्तीहरुमा समेत अहिले ग्राभेल छैन । महानगरपालीकाले के गर्योभने बजार र बजारको छेउ सम्मलाई मात्रै बिकासको रुपमा हेर्यो महानगर पुरैलाई हो भनेर हेरेन । अहिले हामि जनप्रतिनिधीहरु भईसकेपछि यसलाई झक्झकाउदै सुधार गर्ने क्रममा छौँ । अहिले जनप्रतिधिनीहरु भएपश्चातको नगरपालीकाले सकारात्मकै भुमिका खेलीरहेको छ ।

–तपाँई प्रदेशको सांसद मात्र नभएर प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतक पनि हुनुहुन्छ, प्रदेश सरकारले प्रतिपक्ष संग कत्तिको समन्वयकारी भुमिका खेलिरहेको छ ?

प्रदेश सरकारले प्रतिपक्ष संग लुकामारीको भुमिका खेलीरहेको छ । किनभने प्रदेश सरकार झुक्याउने आस्वासन दिने, चिट गर्ने काममा जसरी केन्द्रिय सरकार चिट गर्छ त्यसरीनै प्रदेश सरकार पनि त्यसकै सिको गर्दै चिट गर्ने मात्रै गर्छ । प्रदेश सरकार आफैँमा पनि काम गर्न पनि जानेको छैन, के काम गर्दा हुन्छ भन्ने पनि उसलाई ज्ञान छैन र प्रदेस सरकार चै के हो भने खिलाराज रेग्मीको चुनावि सरकार जस्तै हो । चुनावि सरकार जस्तै हो प्रदेश सरकार देखियो अहिले । बजेट बिनियोजन गर्दा , काम गराई हेर्दाखरी । काम गर्ने सवालमा जसरी उसले कार्यकर्ता–कार्यकर्ता भित्रबाट पनि गुटका मान्छेलाई मात्र व्यव्स्थीत जाँदै छ त्यसरी हेर्ने हो भने प्रदेश सरकारको प्रतिपक्ष संगत परै जाओस पार्टिका पनि मन नमिल्ने मान्छेहरु संगत सम्बन्ध राखेको छैन भने प्रतिपक्ष संग सम्बन्ध राख्छ प्रदेश सरकारले भन्ने परिकल्पना गर्नुत हामिले आश गर्नु मात्रै हुन्छ जस्तो लाग्छ ।

–प्रतिपक्ष दलले पनि भुमिका खेल्न नसकिरहेको भन्छन् नि ?

यो चै केहो भने हेर्ने आँखा हो । हेर्ने आँखा के हुन्छ भने प्रतिपक्षले भुमिका राम्रो नखेलेको देख्नुहुन्छ किनभने उहाँहरुले सभामुखलाई जूत्ता हान्नु भो, हामिले हानेका छैनौँ । उहाँहरुले बजेट भाषण गर्न जाँदै गरेको अर्थमन्त्रीको ब्रिफ्रकेस खोस्नु भो, हामीले खोसेका छैनौँ । उहाँहरुले संसद भवनको सबै टेवल कुर्सिहरु फोर्नु भो, हामीले त्यसो गरेनौँ । हामिले रचनात्मक भुमिका मार्फत रोष्टममा गएर जनताको चासोका विषयहरु र सरकारले गरेका गैर न्यायिक, गैर संवैधानीक कदमहरुको बिरोध गरेका छौँ । शान्तिपुर्ण तवरले रोष्टम पनि घेरेका छौँ, नारावाजी पनि गरेका छौ । अव त्यसलाई भुमिका नभनेर के भन्ने ।

–केहिदिन अघिमात्रै सरकारले प्रदेश प्रमुख हरुलाई हटाएर नयाँ प्रदेश प्रमुखलाई नियुक्ति गरेको छ यो घटनालाई स्वभाबिकै प्रकारले या कस्तो प्रकारले लिनु भएको छ ?

यो घटनालाई स्वभाबिकै लिने कुनै कुरै छैन, सरकारले आफ्नो अधिकार भित्र हो भनेर भन्न सक्छ तर यसलाई स्वभाबिकै रुपले कसरी लिने । उहाँहरुलेत कार्यकर्ता राख्नुभयो, अस्ती टिकटको लागी सिफारीस गरेको टिकट नपाए पछिचै उहाँलाई भागलगाएर प्रदेश प्रमुख बनाएर पठाएको हो । त्यस्तै कारणले गर्दा यो घटनालाई कसरी स्वभाबिक रुपले लिन सक्छौँ योत उहाँहरुको हटास मानसिकता हो । किनभने यसमात पार्टिकै मान्छे हुनुपर्छ भन्ने कुरा भयो भोली अर्को सरकार आयोभने त्यसले पनि तुरुन्तै यो हटाईदिने भयो । त्यसकारण कसैलाई पनि ५ वर्ष सम्म काम गर्न देउ ।

अहिले सम्म के छ ? के तुकको आधारमा हटायो ? प्रदेश प्रमुखहरुले सरकारले गरेको निर्णयमा अवरोध गरेको भए हटाउनु स्वभाविक हुन सक्थ्यो यहाँत प्रदेश प्रमुखहरु पनि सरकारकै जस्तो भई सक्नुभएको थियो । सरकाले ल्याएको एउटापनि बिधेयक फर्काउनु भएको थिएन सरकारकै सबै काम गरीराख्नु भएको थियो । त्यसकारण उहाँहरुलई के लाग्यो भने सबै काम गरेतापनि हाम्रो पार्टिको मान्छेले त्यो भत्ता खान पाएन भनेर त्यत्तिको लागी ल्याएको हो उहाँहरुले । उहाँहरुले एउटा कुरा बुझे हुन्छ, त्यतिखेर कांग्रेस सरकारको पालामा उहाँहरुलाई पनि नाम मागेको हो । उहाँहरुकै प्रदेश सरकारलाई सपथ ग्रहण गराउनको लागी प्रदेश प्रमुख अनिवार्य चाहिने भएकोले त्यसबेला सरकारले प्रदेश प्रमुख गठन गर्नुपर्ने बाध्यकारी अवस्था थियो । यो अवस्थामा आएर प्रदेश प्रमुख जसरी उहाँहरुले फेर्नुभयो उहाँहरुको यो चै दरिद्र मानसिकता माथि यो सर्वसत्तावाद अधिनायकबाद तिर पार्टिको पोलिटव्युरोले निर्णय गर्दा चल्छ भन्ने कम्युनिजमको अभ्यास गर्न खोज्नुभएको हो ।

–नजिकिदै गरेको पर्यटनवर्ष सफल बनाउन प्रदेश सरकारले कस्तो योजना ल्याईरहेको छ ?

अव यो औपचारीक रुपमा चै कस्तो योजना ल्याउदै छ त्यो मलाई थाहा भएन । यो चै एक्दमै एक्लोटि रुपमा हिडि रहनुभएको छ । पर्यटनमा वर्षमा चै पर्यटकलाई दुःख दिईन्छ, पर्यटकले हेर्ने चिजजति सबै नासिई सक्यो । आधुनिकीकरण हेर्नत सिंगापुर, थाईल्याण्ड गई हाल्छन्नी पर्यटक किन काठमाण्डौँ आउने । काठमाण्डौँको जुन नेचर थियो, जुन बनोट थियो, संस्कृति थियो, जुन परम्परा थियो त्यो हाज छ ? हिजोका संस्कार संस्कृति सबै मासेर सासन गर्नेहरुले रजाई गर्ने अनि अव त्यहाँ को टुरिष्ट आउने । यतै तिर पनि यहाँ ईण्डियन पर्यटक आएभने यहाँ चारठाँउ पुलिसले रोक्छन् र पछाडिबाट पैसा माग्छन् । अनि यस्तो अवस्थामा छिमेकि मुलुक बाटै आउने पर्यटकहरुलाई पनि दुःख दिने व्यवहार भएपछि कसरि पर्यटक आउछन् । पर्यटन वर्ष मनाउने भन्ने करोडौ रुपैया बजेट छुट्याउने, कार्यकर्ताहरुलाई समिती बनाएर पोस्ने भन्दा बाहेक पर्यटकलाई आकर्षित गर्नेखाल्को र पर्यटकलाई सुरक्षित हुनुुन्छ भन्ने खाल्को योजना न तपाँइको मिडियाले देखेको छ, न मैले देखेको छु, न जनताले देखेको छ , केवल सरकाले मात्र देखेको छ ।

–भारतको नयाँ नक्सामा नेपालको केहि भुःभाग परेको छ नी त्यस बिषयमा के भन्नुहुन्छ ?

यहि सिमाको कारणले २०१७ सालमा विशेस्वर प्रसाद कोईराला जेल जानु भएको हो । त्यबेला हिमालको बारेमा बिवाद थियो र विपिले भारतको संसदमा गएर जवारलाल नेहरुलाई माफ मगाउनुभयो । चिनमा गएर माओत्वेतुङ लाई हिमालचै नेपालको हो भन्न लगाउनुभयो र त्यतिखेर नै चिर र भारत संग सिमा निर्धारण भयो तर लिपुलेकको बारेमा अलिकति कुराहँुदै थियो र भारत संग पनि सिमाको कुरा हुँदै थियो र त्यतिखेर के गर्योभने जवारलाल नेहरुसंग मिलेर राजा महेन्द्रले जवारलाल नेहरुलाई कालापानी दिएर पञ्चायत सासन लागुगरेका थिए । स्मरण रहोस् ईतिहास पढ्नुस नेपाली कांग्रेसले त्यतिबेला सरकार गुमाएको यहि सिमाको कारणले हो भन्नेकुरा सबैले बुझ्नुपर्यो । राजा महेन्द्रले २०१८ सालमा कालापानीमा भारतलाई सेना राख्न दिईएको हो । कालापानीमा मार्चपास गर्नजाने साथीहरु अहिले क्याविनेटमा हुनुहुन्छ अनि कालापानी माथि लिपुलेकमा चिन र भारतले सम्झौता गर्दात कम्युनिष्टकै सरकार थियो नि । त्यतिमात्र हैन अस्ति चाईनिज राष्ट्रपति आउँदा लिपुलेकमा चिन र भारतले गरेको सम्झौता सच्याईयोस् भनेर माग गर्यो सरकारले ? अहिलेको सरकाले धर्मपनि बेच्यो, संस्कृति पनि बेच्यो मलाई लाग्छ यो मुलुक पनि कहाँकताबाट सम्झौता गरेर बेच्छ टुंगो छैन त्यसकारण लिपुलेक, कालापानी, सुस्ता जतिपनि सिमा बिवादहरु छन् समाधान गर्नुपर्छ त्यो भुःभाग हाम्रै हो । यसमा कुटनितिक रुपले चिन संग पनि हामिले कुरा गर्नुपर्छ । लिपुलेकको बिषयमा दुईमत छैन यस बिषयमा सारा नेपालीहरु एक ठाँउमा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार