काेराेना संक्रमण भएपछि अक्षय कुमार अस्पताल भर्ना

२०७७ चैत्र २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । उनी कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका हुन । उनी मुम्बईस्थित हिरान्दानी अस्पतालमा भर्ना भएका हुन ।उनलाई हिजो मात्रै कोरोना संक्रमण पृष्टि भएको थियो ।

कोरोना संक्रमण पृष्टि भए पछि होम क्वारेन्टिनमा बसेका अक्षय कुमार स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएको ट्विटर मार्फत जानकारी दिएका छन् ।अक्षय कुमार पछिल्लो समय राम सेतु चलचित्रको छायांकनमा व्यस्त थिए ।

अक्षय कुमारले राम सेतु चलचित्र छायाकन गर्नु अघि अयोध्यामा दर्शनका लागि गएका थिए त्यहि क्रममा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गरेका थिए ।

उनीसँग चलचित्र छायाँकनमा सहभागी ७५ जनामध्ये अन्य ४५ जनामा पनि कोरोना संक्रमण पृष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार