खुकुरी देखाउँदै ६ लाख लुट्ने चार लागुऔषध प्रयोगकर्ता पक्राउ

२०७७ चैत्र १९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ चैत । खुकुरी देखाउँदै काठमाडौंको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।बुधवार साँझ उनीहरुले खिचापोखरीको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट उक्त रकम लुटेर फरार भएका थिए ।

पैसा लुटेर फरार भएकाहरु दाङका दिपुन श्रेष्ठ, रुकुमका तिलक रावत, कालीकोटका नविन केसी र उमेश केसी रहेका छन् ।

उनीहरुले कम्पनीका कर्मचारी दीपक मल्लको हात बाँधेर खुकुरी देखाउँदै रकम लुटेर फरार भएको बताइएकोे छ । उनीहरूलाई राति ५९ हजार सात सय रुपैयाँसहित ​प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले लागुऔषध सेवनको लागि होटलको कोठामा रोल्पाका प्रशन्न हमाल र सफल आचार्य तथा नवलपरासीका मिलन ढकाललाई बोलाएका थिए । उनीहरु सबै लागुऔषध सेवन गरिरहेको बताइएको छ ।

प्रहरीले सबैलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार