झापाबाट दुई लाख ४० हजार बराबरको सालको काठसहित चार पक्राउ

२०७७ चैत्र १९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ चैत। झापाबाट सालको काठसहित चार जना पक्राउ परेका छन् ।

चार जानालाई झापाको मेचीनगरबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुले मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाइकलमा राखी इलामबाट झापातर्फ ल्याउँदै गरेका थिए ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर राई, ४० वर्षीय सुमन राई, ३० वर्षीय सुरेन राई र २३ वर्षीय दीपक तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारबाहीको लागि सब डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार