विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम

विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुको एक भेला गरि विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गर्ने अध्यक्ष नेपालले बताए।

२०७७ चैत्र ९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
  • सन्तोष बिष्ट

झापा – नेपाल विद्यार्थी संघ (नेविसंघ) गौरादहका नगर सभापति बाबुराम नेपाल गौरादह -२ स्थित अमर माविको व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन।

यसअघि अभिभावक भेलाबाट सरिता दाहाल, जितलाल ताजपुरिया, विद्या सुब्बा र नन्दलाल ताजपुरिया सो विद्यालयको व्यवस्थापन समितिमा सदस्यका रुपमा चयन भईसकेका थिए।

उल्लेखित सदस्य, वडाअध्यक्ष हेमन्त कार्की, विद्यालयका प्रधानाध्यापक चिन्तामणि काफ्ले सहित सोमबार बसेको वैठकले आगामी ३ वर्षका लागि नेपाललाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। त्यस्तै वैठकले रुकमणि कोईरालालाई समितिको सदस्यमा मनोनयन गरेको छ।

त्यसै गरी समितिमा पदेन सदस्यका रुपमा वडाअध्यक्ष, सदस्य सचिवमा विद्यालयका प्रअ र एकजना शिक्षक प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको छ।

विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित अध्यक्ष नेपालले बताए ।

उनले भने- ‘म यस विद्यालयमा कक्षा ६ र ७ मा पहिला अध्ययन गरेको, म यहीको भएको नाताले पनि मेरो विद्यालय प्रति सहयोग बाहिर बस्दा पनि भएको थियो, अब सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’

विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुको एक भेला गरि विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गर्ने अध्यक्ष नेपालले बताए।

सो विद्यालयमा हाल ५१० जना विद्यार्थी रहेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार