sajalsandesh

कोरोना प्रसारण/ संक्रमणको खतराको संकेत !

भारतमा गत हप्तादेखी कोभिड-१९ वा कोरोना केशहरूमा उल्लेखनीय बृद्धिले कोरोना प्रसारणको दोश्रो लहरको खतराको संकेत दिएको छ।

कोरोना खोपको अभाव, नयाँ प्रकारका कोरोना भाइरसका भेरियन्ट्स (आनुवंशिक उत्परिवर्तन)को उदय, हामीले अहिलेसम्म खोपको एक डोज १०% मा पनि लगाउन नसकिएको अवस्था वा असमान खोप अभियान, बच्चाहरू खोप अभियानबाट बन्चित, भौगोलिक भिन्नता, कोरोनाबाट संक्रमित भएका वा खोप लगाएका मानिसहरु भाइरसको लागी कति लामो समयसम्म प्रतिरोध क्षमता रहिरहन्छ, खोपले नयाँ कोरोना भेरियन्टका लागि के कति प्रभावकारी काम गर्दछ/गर्दैन? भन्ने ठोस वैज्ञानिक प्रमाणको अभाव, थप भिडभाड, आन्दोलन र गोस्टी र सभाको आयोजना, यथेस्ट कोरोना नियन्त्रण तथा रोकथामका नियम पालनामा लापर्वाही र कोरोना परीक्षणमा घट्दै जानेक्रमले अझै कोरोना नियन्त्रण गर्न गाह्रो देखिन्छ।

तसर्थ, कोरोना नियन्त्रण तथा रोकथामका लागि जनस्वास्थ्यका नियम पालन गरौं, खतराको घण्टी बजिसकेको छ।

डा. सन्तोष दुलालको फेसबुकबाट । उहाँ नेपाली वैज्ञानिक हुनुहुन्छ । उहाँले कोभिड-१९ का बारेमा पत्रपत्रीकामा लेख र अध्ययन तथा अनुसन्धानमा संग्लन हुनुहुन्छ । उहाँले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट डक्टरल फेलो पनि गर्नुभएको छ ।

Facebook Comments
ismt college
dish home