झापाको सुरुंगामा ट्रक, कार र मोटरसाइकल जुधेर दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

२०७७ फाल्गुन १९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो। दुर्घटनामा अरु ४ जना घाइते भएका छन्।

बिर्तामोडका दीपक क्षेत्रीको मृत्यु भएको बि एन्ड सी अस्पताल श्रोतले जानकारी दिएको छ। अर्का एक मृतककाे नाम खुलेकाे छैन।

दुर्घटनामा घाइते भएका अरु ४ जनाकाे अवस्था पनि चिन्ताजनक रहेकाे अस्पताल श्राेतले बताएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार