sajalsandesh

युभन्टेस बराबरीमा रोकियाे

एजेन्सी, १६ फागुन । इटालियन सिरी ‘ए’ मा युभन्टेस बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्टस घरेलु टोली हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे भने भेरोनाको लागि एन्टोनिन बराकले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

४९औं मिनेटमा रोनाल्डोले फेडरिको चिइसाको पासमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काए । उनले डार्को लाजोभिकको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यो बराबरीपछि युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग ३ अंकले पछि छ । हेलास भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Facebook Comments
ismt college
dish home