नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेस नै सत्ता आउनुपर्छ : महत

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट«मन्त्री डा. प्रकाशशरण महतले नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेस नै सत्ता आउनुपर्ने बताएका छन्। काठमाडौंको प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशको प्रथम परिषद कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले कम्युनिस्टहरु गफ र प्रचारमुखी भएको भन्दै प्रचार र गफले मुलुक समृद्धिको दिशातर्फ उन्मुख नहुने जिकिर गरे।

कांग्रेसीहरु काम गर्ने तर गरेका कामहरुको प्रचार गर्न नजान्ने भएकाले निर्वाचनमा पराजित हुनुपरेको पनि महतको तर्क थियो । सहमहामन्त्री महतले तीन नम्बर प्रदेश र सबै प्रदेशका ट्रेड युनियन र भातृ संस्थाहरुलाई कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन पनि दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार