पारसले सोनिकालाई थप्पड हानेपछि…..

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – भिजे, मोडल तथा व्यवसायी सोनिका रोकायाले पुर्व युवराज पारश शाहसँगको भेटका बारेमा खुलाएकि छिन् । उनले साप्ताहिकको जनक तिमिल्सिना र प्रकाश रानाभाटसँग पारशले हि र्काएको थ प्पड पनि सम्झिएकि छिन् ।

साप्ताहिकमा आएको समाचार अनुसार केटाहरुसँग मस्त नाचिरहेको बेला पारशले सोनिकालाई थप्पड हानेका थिए । सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । लिक्विड लन्जको उद्घाट्न कार्यक्रममा पारशलाई निमन्त्रणा गरेपछि उनीहरुको सम्बन्ध बाक्लिएको हो ।

पारस पनि बुढानीलकण्ठमा पढेका, सोनिकाको पाँच वर्ष पनि त्यहीँ बितेका । दुवैका धेरै कुरा मिल्न थाले । कुन हाउसमा बसेको, क्याप्टेन भयौ–भएनौ, यस्तै–यस्तै ।
‘हि लभ्स माइ कम्पनी,’ सोनिका भन्छिन्, ‘म एकदम जोली क्यारेक्टर, सबैसँग मिल्न सक्छु ।’ त्यो दिन पारस जुस र खाना खाएर फर्किएको उनले बताइन् । बाक्लिँदो भेटघाटले मेलमिलाप पनि बढायो । लिक्युइडमा सोनिका वाइल्ड रूपमा प्रस्तुत हुन्थिन् । झ्याप्प केटाहरू समात्ने, मस्तसँग डान्स गर्ने । सोनिकाको होहल्ला गर्ने बानी र वाइल्ड छवि पारसलाई मन परेनछ । एक दिन नाचिरहेका बेला लिक्युइडमै पारसले सोनिकालाई एक झा पड हि र्काए । पारसको क्रो ध सोनिकामाथि बर्सिएपछि रौनकमा डुबेको लाउञ्ज शान्त भयो । पारस भने फटाफट निस्किएर आफ्नो बाटो लागे । त्यसयता पारसको संगतले आफूमा धेरै परिवर्तन आउन थालेको सोनिका बताउँछिन् ।

पारसबारे सोनिका भन्छिन्, उहाँ मेरो गुरुका रूपमा पनि आउनुभएको छ, एकदमै मिल्ने साथीका रूपमा पनि आउनुभएको छ, अभिभावक जस्तो पनि हुनुहुन्छ । म यसको सबै क्रेडिट भगवानलाई दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार