sajalsandesh

गौरादह २ को वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

झापाको गौरादह नगरपालिका वडा नं २ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन हुन थालेको छ ।

नगरपालिकाको रु ७० लाख र जिल्ला समन्वय समिति झापा मार्फत प्रदेश १ सरकारको रु १५ लाखको लागतमा सो चार कोठे भवन निर्माण गरिएको हो ।

गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले आज यहाँ उक्त भवन शुभारम्भ गर्दै बाकि रहेका अन्य वडाहरुमा आउदो नयाँ वर्षसम्म भवन उद्घाटन गरिने बताए ।

यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष हेमन्त कार्कीलेले बताए ।

वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनले बताए ।

उद्घाटन समारोहमा जग्गादाता गंगादेवी घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा गौरादहका अन्य वडाका वडाअध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।

Facebook Comments
ismt college
dish home