बेचबिखन आराेप लागेका गाैरीगंजका एक व्यक्ति २१ वर्षपछि पक्राउ

२०७७ फाल्गुन ८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गाैरीगंज – गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थायी ठेगाना भएका धिरज प्रधानलाई २१ बर्षपछि प्रहरीले बुधबार पक्राउ गरी थुनामा राखेकाे छ ।

गाैरीगंजमा कुनै बेला नाम चलेकाे प्रधान फाेटाे स्टुडियाेका सञ्चालक ध्रुब प्रधानका छाेरा वर्ष ४५ काे धिरजलाई साेहि स्थानमा घर भएकी नाम परिवर्तित ‘प्रमिला’लाई जिउ मास्ने वेच्ने मुद्वामा प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राखेकाे हाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने नाम परिवर्तित ‘प्रमिला’लाई २०५६/ ०७ / २९ गते अाराेपित धिरजले ललाई फकाई दमकस्थित मन्दिरमा लगी विहे गरि भारतकाे सिलगुढीमा बेचेकाे अाराेप छ ।

उनलाई इलाका प्रहरी कार्यालय पथरी माेरङ्गकाे समन्वयमा फागुन ५ गते पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

हाल उनीहरू परिवार सहित माेरङ्गकाे पथरी शनिश्चरे बजारमा प्रधान फाेटाे स्टुडियाे सञ्चालन गरि बस्दै अाएका छन् ।

अाराेपित धिरजकाे विरूद्वमा ईलाका प्रहरी कार्यालय गाैरीगंजमा २०५६/११/३० गते निवेदन दर्ता भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार